पिपलधारा चौतारी सम्पर्क समिति गुल्मीको मञ्च उद्घाटन तथा विविध कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पिपलधारा चौतारी सम्पर्क समिति गुल्मीको मञ्च उद्घाटन तथा विविध कार्यक्रम सम्पन्न ।



हिम शिखर /असोज २६

धुर्कोट गाँउपालिका–२ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाहरू द्धारा सञ्चालित सामाजिक संस्था ‘पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी’ ले एक वृहत् कार्यक्रम को आयोजना गरी नेपाल सरकार पर्यटन मन्त्रालय र सोही संस्थाको संयुक्त लगानीमा निर्मित भुइतलामा एक कोठा समेत रहेको मञ्च तथा कार्यलय समुद्घाटन , स्थानीय नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम एवं सोही वडाका दुई माध्यमिक विद्यालय का २०७३ एसइइ परीक्षामा उतिर्ण उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकार पर्यटन मन्त्रालय बाट विनियोजित रकम पाँचलाख र संस्थाको तर्फबाट ६लाख ५० हजार गरी कुल ११ लाख पचास हजारमा निर्माण गरिएको उक्त मञ्चको भुइँतलामा एक कोठा समेत बनाइएको हुँदा उक्तकोठामा सोही संस्थाको कार्यलय रहने गरी यही कार्यक्रम बाट उक्त कार्यलय समेत उद्घाटन गरिएको थियो । उक्त मञ्चको उद्घाटन धुर्कोट गाँउपालिका प्रमुख भुपाल पोखरेलले गर्नु भएको थियो ।

परोपकारी एवं विकास निर्माण कार्यगर्दै आएको उक्त संस्थाले जन निर्वाचित प्रतिनिधिहरू धुर्कोट गाउँ पालिका प्रमुख भुपाल पोखरेल, उपप्रमुख शिव खत्री,धुर्काेट गाउँपालिका २ का वडा अध्यक्ष नवीन जी.सी., गाउँकार्यपालिका सदस्य कमला घर्ती, महिला सदस्य सुमित्रा खनाल, दलित महिला सदस्य सुन्तली वि.क.(अमृता), सदस्य बाबुराम के.सी.लाई संस्थाका केन्द्रीय उपाध्यक्ष निरञ्जन खड्का, महासचिव राजेन्द्र खड्का, केन्द्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरेले खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । साथै गणेश माध्यमिक विद्यालयबाट २०७३ सालको एस.ई.ई. उत्तीर्ण छात्रा÷छात्रहरु पुष्कर थापा र प्रतीक्षा खनाललाई, नगद पुरस्कार र प्रमाण पत्र र विद्यालयका प्र.अ. बाबुराम खनाललाई सम्मान पत्र प्रदान गरिएको थियो, भने ज्ञानोदय मा.वि.का छात्र÷छात्रा क्रमशः वसन्त के.सी.(ग्रेड ए., जिपिए ३.२५ प्राप्त), अमृता थापा (वि प्लस, जिपिए २.९५),अन्सु खत्री (वि प्लस, जिपिए २.९५), लाई नगद तथा प्रमाण पत्र वितरण र सोही मा.वि.का प्र.अ. हुकुम बहादुर महतलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

धुर्काेट गाउँपालिका प्रमुखको प्रमुख आतिथ्य र वडा अध्यक्ष नवीन जी.सी.को विशेष आतिथ्य रहेको उक्त कार्यक्रमलाई भव्य बनाउनको निमित्त सास्कृतिक कार्यक्रम समेत राखिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक गायिका असीम महत, रामकुमार विष्ट, बसन्ती थापामगर र नृत्य कलाकार सरीता खड्काका आ–आफ्ना बेजोड साङ्गीतिक प्रस्तुतिले पिपलधारावासीलाई भरपुर मनोरञ्जन दिएका थिए भने स्थानीय कलाकारहरू नृत्य तर्फ कविता विश्वकर्मा र दीपक खड्का, गायन तर्फ दीपेन्द्र थापा र विशाल वि.सी. ले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

संस्थाका केन्द्रीय उपाध्यक्ष निरञ्जन खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष नवीन जी.सी., उपप्रमुख शिव खत्री, प्रमुख भुपाल पोखरेलले शुभकामना मन्तव्य राख्दै आफ्ना सयदिने कार्यक्रम कार्यप्रगती, कार्यनिती र आगामी कार्यक्रम र योजना प्रस्तुत गरेका थिए ।

मन्तव्यको क्रममा गा.पा. प्रमुख पोख्रेलले चौतारीले गरेका ऐतिहासिक कार्यको सहराना गर्दै पिपलधाराको समग्र विकासको लागि पर्यटन मन्त्रालयले जस्तै गा.पा.ले पनि आफ्नो पाँचवर्षे कार्यकालमा पिपलधारा चौतारीलाई साझेदार संस्थाको रूपमा अघि बढाउन गा.पा. ले आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बाचा गर्नुभएको थियो साथै गा.पा. देखि प्रत्येक वडा सम्मको मोटरबाटो लाई स्तर उन्नति गर्दै गा.पा. देखि कृष्णनगर सम्मको बाटो नियमित सञ्चालन गर्न काम अगाडी बढेको भन्दै नादी खोलामा पक्की पुल निर्माण तिहार पश्चात् सुरु हुने जानकारी समेत गराउनु भएको थियो ।

उक्त ऐतिहासिक कार्यक्रममा विभिन्न सङ्घ संस्था राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्र.अ.हरू र पिपलधारा चौतारी सम्पर्क समितिका केन्द्रीय महासचिव राजेन्द्र खड्का के.स.कोषाध्यक्ष रामप्रसाद घिमिेर, सङ्गठन विस्तार संयोजक केशवराज घिमिरे, प्रेस संयोजक हिमशिखर रसाईली केन्द्रीय सदस्य सुन्दर कार्की, भारत उपसमिति, गल्फ उपसमिति, मलेसिया उपसमिति दुबई उपसमिति पदाधिकारीहरू क्रमशः ः प्रेमसागर वि.क., धु्रव थापा, प्रसान्त खनाल, नारायण खनाल, एम्बुलेन्स सञ्चालक तथा पूर्व केन्द्रीय सदस्य राम ब. खड्का लोकल समितिका अध्यक्ष बाबुराम जी.सी., सचिव सूर्य खड्का सह सचिव नरेन्द्र थापा, सदस्यहरू कृष्ण खड्का, भुवन खत्री, रेखा के.सी., लगायत विभिन्न बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य के.स. कोषाध्यक्ष रामप्रसाद घिमिरेले दिनुएको थियो ।

अतिथि सम्मान तथा स्वागत लक्ष्मी खड्का र पूजा जी.सी.ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्थानीय समितिका सह सचिव उत्कृष्ट नरेन्द्र थापाले गर्नुभएको थियो ।