जनचेतना जगाउन होर्डिङ बोर्ड निर्माण अभियान सुरु गर्दै "पिपलधारा चौतारी सम्पर्क समिति" - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनचेतना जगाउन होर्डिङ बोर्ड निर्माण अभियान सुरु गर्दै “पिपलधारा चौतारी सम्पर्क समिति”



हिम शिखर, भारत 
गुल्मीको पिपलधारा गा.वि.स.बाट वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था “पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी”ले गा.वि.स.मा व्याप्त अनिमियता, भ्रष्टाचार, अन्धविश्वास, कुरिती, जातीय विभेद, वर्गीय विभेद न्यूनीकरण गर्न, समाजमा अबशेषको रुपमा जरा गाडेर बसेको रुढीबादी संस्कार र परम्परालाई निर्मुल पार्न गाविसवासी जनतामा जनचेतना जगाउन होर्डिङ बोर्ड निर्माण अभियान चलाएको छ ।

संस्थामा आवद्ध पदाधिकारी एवं सदस्यहरु र अन्य समाजसेवि सहयोगिदाताको सौजन्यमा सो बोर्डहरु निमाण गर्न लागेको र उक्त बोर्डहरु विभिन्न सार्वजनिक स्थान, सड्क, चोक, घुम्ती र छिमेकी गाविस जोड्ने सिमानाहरु मा लगाउने कुरा संस्थाका अध्यक्ष कृष्ण प्रसाद खनाल र महासचिव राजेन्द्र खड्काले साझा नेटवर्कलाई जानकारी गराउनु भएको थियो ।

आगामी बडा दशै सम्म सम्पन्न गर्ने लक्ष्य लिइ अभियानरत रहेकाले उक्त संस्थाले विभिन्न संघ संस्थाहरु, व्यावसायिहरु र इच्छुक समाजसेवीहरुलाई उक्त कार्यमा सौजन्य तथा सहयोग गरिदिन आफ्नै आधिकारिक फेसबुक पेजबाट अनुरोध सार्वजनिक गरेको छ । स्मरण रहोस विगत ढाइ वर्षदेखि संचालित उक्त संस्थाले वृहत् अभियान मार्फत गा.वि.स.का जनताको समस्यालाई ध्यानमा राखी गा.वि.स.को स्वस्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

उक्त समाजिक संस्थाले विभिन्न समय मा समाजका असायहरु लाई आर्थिक सहयोग वितरण, विद्यालयका प्रवेशिका उतिर्ण विधार्थीलाई पुरस्कार वितरण, भुकम्प पीडितहरुलाई राहत वितरण, २०७३ सालको क्यालेन्डर वितरण लगायतका समाजिक कार्य गर्दै आएको छ । अहिले उक्त संस्थामा मुलकार्यसमिती, स्थानीय समिती, युएई उपसमिति, मलेशिया उपसमिति, भारत उपसमिति, गल्फ उपसमिति रहेका छ्न ।