प्रधानमन्त्री देउवाले रोके कर्मचारीले लिइरहेको अनावस्यक सुविधा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रधानमन्त्री देउवाले रोके कर्मचारीले लिइरहेको अनावस्यक सुविधा



काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीले पाउने अनावस्यक सुविधामा लगाम लगाएका छन् । कानुनले व्यवस्था गरेका भन्दा अन्य कर्मचारीले सरकारी सुबिधा लिएको गुनासो बढिरहेका बेला देउबाले यस्तो लगाम लगाएका हुन् ।

मंगलबार मन्त्री र सचिवहरुको संयुक्तमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कानून अनुसार सुविधा पाउने बाहेकका कर्मचारीलाई सवारी साधन र इन्धन खर्च नदिन निर्देशन दिएका छन् ।

इन्धनको मुल्य वृद्धिसँगै विदेशी मुद्रा संचितीमा असर गरिरहेको भन्दै देउवाले यस्तो निर्देशन दिएका हुन । कानुनले तोके बाहेकका सरकारी कर्मचारीले सवारी साधनको सुविधा लिएको नलिएकोबारे अध्ययन गरेर तत्काल सुविधा कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले जनताको सेवक बनेर काम गर्न भन्दै जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलव्ध गराउन पनि निर्देशन दिएका थिए ।

‘सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ उनले भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि निर्देशन दिएका छन् ।

विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने योजना बनाएर अघि बढ्न पनि पनि मन्त्री र सचिवहरूलाई भनेका छन् ।