किर्ते विवादका कारण स्थगित पोखरा महानगरको मतगणना अझै हुन सकेन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

किर्ते विवादका कारण स्थगित पोखरा महानगरको मतगणना अझै हुन सकेन



जेठ ७ कास्की

 

स्वष्तिक छाप ठूलो भेटिएको भन्दै विवाद भएपछि रोकिएको पोखरा लेखनाथ महानगरपालिकामा अझै मतगणना अझै सुरु हुन सकेको छैन । विवादका कारण शनिबार साँझदेखि मतगणना स्थगित भएको हो ।

३३ वटा वडा रहेको पोखरा लेखनाथ महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार प्रमुख र उप प्रमुखमा एमाले अग्रता लिइरहेको छ । १५ वडाको नतिजामा एमालले ७ र कांग्रेस ८ वटा वडा विजयी भएको छ ।
विवादित वडाको समस्या समाधान नभएसम्म अन्य वडाको पनि मतगणना सुरु नगर्ने दलहरुले बताएका छन् ।
मतगणना स्थगित भएपछि शनिबार बेलुका र आइतबार बिहान ११ बजे गरी २ पटक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका बिचमा झण्डै २ घण्टा सर्बदलीय बैठक बसेको थियो जुन निष्कर्ष बिहिन छ ।