प्रहरीको नौलो अभियान ‘आइ लभ यु बुढी’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरीको नौलो अभियान ‘आइ लभ यु बुढी’



काठमाडौं । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर परिवार हो बन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन नौलो अभियान सुरु गरेका छन् ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाव बढ्ने, दुइवटा विवाह गर्ने, जाँडरक्सी खाने जस्ता क्रियाकलाप बढ्दै जान्छ ।

समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुरधारको पाटोतिर लाग्नुपर्ने भन्दै यस्तो अभियान ल्याएको एसपी बोगटीले जानकारी दिए ।

बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर परिवारसँग कम्तीमा एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आइ लभ यू बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान सुरु गरिएको छ ।

परिवारसँग हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर परिवारसँग सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ ।

यति मात्रै होइन घरपरिवारसँग कस्तो सम्बन्ध छ, नियम पालना गरिएको छ कि छैन् त्यसको समेत प्रहरी कर्मचारीको घरमा फोन गरेर सोध्ने उनले बताएको समाचारपत्रले लेखेको छ ।