अब हुलाकको के हुन्छ ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अब हुलाकको के हुन्छ ?



काठमाडौं-

मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ ।

सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका भित्रिएसँगै कामविहिनको अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ ।

विभागलाई प्राधिकरणको ढाँचामा लैजाने तयारी मन्त्रालयले गरेको हो । आजको नेपाल समाचारपत्रमा दीपेन्द्र थापाले लेखेका छन् ।

परिमार्जन गर्दै द्रुत डाँक सेवा, ई कमर्सका रुपमा अगाडि बढाउन लागिएको हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेलले बताए ।