यस्तो छ विष्णु पौडेल र बामदेव सिङ्गापुर जानुको रहस्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्तो छ विष्णु पौडेल र बामदेव सिङ्गापुर जानुको रहस्य



काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् ।

महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको नेकपा स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि जाने भनिएपनि यो कुराको खास अर्थ नरहेको विश्लेषकहरूले बताएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भैसकेको अवस्थामा उनीहरू जानुको कुनै तुक नभएको चर्चा पनि सुरु भएको छ । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्यमा त्यस्तो कुनै समस्या छैन, प्लाज्मा फेरेसिक प्रक्रिया त्यति जटिल पनि होइन । र प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा दिनहुँ जसो जानकारी पनि आइनै रहेको छ ।

सोहि बिषयमा हिमालपोस्टले बुझ्न खोज्दा नेकपाका एक केन्द्रीय सदस्यले यो अनपेक्षित कार्यक्रम भएको र यसको अन्तर्य अर्कै भएको जानकारी दिए ।

नेकपाकै अर्का नेताले नाम नबताउने सर्तमा उनीहरूलाई पुष्पकमल दाहाल प्रचण्डले सिङ्गापुर पठाउन लागेको बताए । विष्णु पौडेल र बामदेव गौतम दुवै प्रचण्डनिकट नेता मानिन्छन । प्रचण्डका विश्वासपात्र भएकोले त्यहाँ भैरहेका गतिविधिबारे बुझ्नका लागि पठाउने तयारी भएको बताए । उनले भने ‘एक तिर दुई निशाना’ हुने भएकोले यस्तो गरिएको हो । उता प्रधानमन्त्री ओलीको अवस्था पनि बुझिने र त्यहाँ भैरहेका अन्य गतिबिधि पनि बुझिने ।

पछिल्ला दिनमा प्रचण्ड पार्टीमा शक्तिकेन्द्र बनेको चर्चा छ । यतिमात्र होइन प्रधानमन्त्री ओली फर्केपछि प्रचण्डलाई अध्यक्ष सुम्पिने चर्चा पनि छ । यो सहमति भैसकेकोबारे सञ्चार माध्यमहरूले जनाएकच छन् । तर प्रचण्ड प्रधानमन्त्री ओलीसँगको सहमतिमा त्यति बिश्वस्त छैनन् ।

पटक पटक धोका पाएकोले प्रचण्डले पछिल्लो सहमतिकोबारे सार्वजनिक रुपमा बोलेका पनि छैनन् । फेरी पनि भद्र सहमति उल्लंघन हुनेहो कि भन्ने संसय प्रचण्डमा छ । त्यसैले उनले निगरानी बढाएको स्रोतले दाबी गरेको छ ।