प्रधानमन्त्री देउवालले चुनाव गराउने कि राजिनामा दिने ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री देउवालले चुनाव गराउने कि राजिनामा दिने ?



काठमाडौँ /असोज १९ ।

सत्ता साझेदार माओवादी केन्द्रले प्रतिपक्ष एमालेसँग चुनावी तालमेल गरेपछि हतास देखिएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब गर्ने निर्णयबारे आमजनमानसवीच बिशेष चर्चा पाएको छ ।

सात्तेसाझेदारले नै धोका दिएको निष्र्कषमा पुगेका प्रधानमन्त्री देउवाले निर्वाचनबाट भागेर देशलाई अँध्यारो सुरुङतिर लैजाने कतिपय राजनीतिक विश्लेषकहरुका अनुमान यतिवेला सामाजिक सञ्जालमा खास चर्चामा छन । यो आशंकाको खास कारण भने देउवाको पुरानो भूमिका नै हो ।

जननिर्वाचित संसद विघटन गरेर अघिल्लोपटक निर्वाचनलाई अनिश्चय गराएका देउवा पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट असक्षमको पगरी सहित बर्खास्तमा परेका थिए । संविधानमा प्रतिनिधिसभाका चुनाव हुने भएमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दाखिला गर्ने अघिल्लो दिनसम्म संसदको म्याद रहने उल्लेख छ ।

संसद्को निर्वाचनका लागि कार्तिक ५ गते उम्मेदवारी दर्ता गर्न लगाएर अनि जटिलताका कारण निर्वाचन हुन नसक्ने भनेर देउवा भाग्ने ती विश्लेषकको भनाइ रहेको छ । नयाँ संविधानको संक्रमणकालीन व्यबस्था अन्तर्गत धारा २९६ मा रुपान्तरित संसदको कार्यकालबारे उल्लेख गरिएको छ । सो धाराको उपधारा १ मा संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म किटान गरिएको छ ।

माघ ७ गतेसम्म संसद् नआएमा के हुने भन्ने कुरा संविधानमा उल्लेख नभएकाले देउवाले त्यही चोर बाटो पकड्ने र देशलाई अनिश्चयको बाटोमा लैजाने खतरा रहेको कतिपय कानुनविदहरु बताउँछन् ।