एमालेले मधेशमा भोट माग्ने नैतिक धरातल गुमाईसक्यो : प्रचण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेले मधेशमा भोट माग्ने नैतिक धरातल गुमाईसक्यो : प्रचण्ड



भदौ २४, कलैया ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले मधेशमा मत माग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाको साक्षात्कारमा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘एमालेको मत माग्ने नैतिक धरातल कमजोर छ, जनताहरु एमालेसँग रुष्ट छन् । वास्तवमा भन्ने हो भने एमालेले धरातलीय यर्थाथ गुमाईसकेको छ । यो पटकको निर्वाचनमा जनताले एमालेलाई मतदान गर्दैनन् ।’ प्रचण्डले भने

पहिलेदेखि नै मधेशविरोधी अभिव्यक्ति दिँदै आएका केपी शर्मा ओलीका कारण मधेशका जनता एमालेप्रति रुष्ट भएको पनि प्रचण्डले बताए । ‘‘एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेशका जनताले एमालेलाई मन पराएनन् ।’’ उनले थपे

प्रचण्डले निर्वाचनअघि सरकार परिवर्तन असभम्व रहेको समेत बताउदै भने, नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीर्घकालिन बनाउने छौं ।

प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचार–प्रसारका लागि प्रदेश नम्बर २ मा रहेका अध्यक्ष दाहालले दुई पार्टी्बिचको सम्बन्ध मजबुत बन्दै गएको बताए ।

अध्यक्ष दाहालले भनेका छन्,‘‘यसपटक सोचे अनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकता अनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’’

प्रदेश नम्बर २ को चुनावमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले दुई दलबिचको तालमेल प्रभावित भएको उनको स्विकारोक्ति रहेको छ । यद्धपी उनले स्थानी तहको तेस्रो चरणको निर्वाचनमा कांग्रेससँग तालमेल नभएपनि अब आउने प्रदेश र प्रतिनिधि सभको निर्वाचनमा भने तालमेल हुने विश्वास दिलाए ।

संविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको दाहालले टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा बोलेको कुराको बारेमा दाहालले संविधान संशोधनको विरुद्धमा कोही पनि जान नहुने बताएका छन् ।