प्रचण्डलाई चितवनमा कांग्रेसले सहयोग नगर्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रचण्डलाई चितवनमा कांग्रेसले सहयोग नगर्ने



चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र चितवनमा समस्या पर्ने भएको छ । चितवन कांग्रेसले प्रचण्डलाई चुनावमा सहयोग नगर्ने भएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन चुनाव गठबन्धनकै आधारमा हुने बताएका थिए ।

कांग्रेस भरतपुर महानगर कमिटीको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्ने घोषणा गरे ।

‘मानियो अघिल्लो पटक, अब मानिँदैन’, श्रेष्ठले भने, ‘माथिबाट भनेको भरमा हुन्छ ? चितवन कांग्रेसलाई सोध्नुपर्दैन ? कहिँ कतै हँसिया-हथौडा र हलोमा भोट हाल्न लगाए हामी हाल्ने छैनौं ।’ उनले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई यो सन्देश केन्द्रमा पुर्‍याउन आग्रहसमेत गरेका छन् ।

केही दिन पहिले महानगर कमिटीको पदस्थापन कार्यक्रममा उनले प्रचण्ड र रेनुलाइ चितवनबाट लखेटेको दिन बल्ल चितवन कांग्रेसको साख फिर्ता हुने अभिव्यक्ति दिएका थिए ।

यसअघि भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र संघीय चुनावमा क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।