बालुवाटारमा देउवा प्रचण्डबीच सरकार गठनबारे छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालुवाटारमा देउवा प्रचण्डबीच सरकार गठनबारे छलफल



नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार छलफल भएको छ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिके हुँदै गरेका बेला देउवा प्रचण्डले गठबन्धनलाई यही रूपमा अगाडि बढाउने निर्णय गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो चुनावी परिणाम, भोट ट्रान्सफर, आगामी सरकार निर्माण लगायतका विषयमा छाल भएको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले पनि भेतवर्ता भएको र देउवा र प्रचण्ड यही गठबन्धन कायम राख्न एकमत भएका बताएका छन् ।

उनीहरूले सर्वदलीय विठक बोलाउनेबारे पनि च्चलफल गरेको बताइएको छ ।