प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने



काठमाडौं, फागुन १७ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

पछिल्लो राजनीति अवस्था, राजनीतिक गतिरोधबारे सरकारले चालेको भूमिका, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन मार्फद सम्बोधन गर्न लागेका हुन् ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।