फेरि अर्का नेतालाई मन्त्री बनाउने आश्वासन दिएर फर्किए प्रचण्ड - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

फेरि अर्का नेतालाई मन्त्री बनाउने आश्वासन दिएर फर्किए प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुक्सामहाङ मेन्याङ्बोलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मुक्सामहाङलाई धराने जनताले जिताए मन्त्री बनाउने आश्वासन दिएका प्रचण्डले हर्क साम्पाङको अभियानको प्रसंशा झिकेका थिए । झण्डै १० मिनेटको भाषणमा प्रचण्डले खानेपानी समस्या समाधानका लागि धराने मेयर हर्क साम्पाङको प्रयासको प्रशंसा गरेका हुन् ।

चुनावी भाषणमा कांग्रेसलाई फकाउन गिरिजाप्रसाद कोइरालाको स्मरण प्रचण्डले गरेका थिए । लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेको भन्दै प्रचण्डले कांग्रेससँगको गठबन्धनको निरन्तरता न्यूनतम १५ वर्षसम्म चल्ने बताए ।

सुनसरीको क्षेत्र नम्बर १ मा एमालेले जसपा नेता अशोककुमार राईलाई समर्थन गरेको छ भने माओवादीका उम्मेदवार मेन्येङ्बोलाई कांग्रेसको साथ छ ।