राष्ट्रपतिसँग एक घण्टा छलफल गरेर फर्किए प्रचण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रपतिसँग एक घण्टा छलफल गरेर फर्किए प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट गहिरिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा शीतलनिवास पुगेका प्रचण्ड करिब १ घण्टा छलफल गरेर निस्किएको बताइएको छ । आजै मात्र पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग लामो परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवासको सक्रियता बढ्ने गरेको छ । यसपटक पनि उनको सक्रियता बढेको देखिएको छ ।

यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता नटुटाउन आग्रह गरेकी थिइन् । श्रोतका अनुसार आजको भेटमा पनि राष्ट्रपतिले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ ।