प्रचण्ड बालुवाटारमा : नारायणहिटी र पशुपति धर्मशालाबारे छलफल हुने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रचण्ड बालुवाटारमा : नारायणहिटी र पशुपति धर्मशालाबारे छलफल हुने



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका छन् ।

कोरोना संक्रमणका कारण विगत केही दिनदेखि आइसोलेसनमा रहेका प्रचण्ड कोरोनामुक्त हुनेबित्तिकै प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

आजको छलफलमा बतास समूहलाई भाडामा दिइएको भनिएको नारायणहिटी संग्राहलय र पशुपति धर्मशालाका बारेमा पनि कुराकानी हुने बालुवाटारनिकट स्रोतको दाबी छ ।

त्यससँगै राष्ट्रिय सभा निर्वाचन, संसदमा रहेको गतिरोध अन्त्यका विषयमा पनि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाको छलफल हुने कार्यक्रम रहेको छ ।