प्रचन्ड भन्छन्: देउवाले दिल्लीमा गलत गरे - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

प्रचन्ड भन्छन्: देउवाले दिल्लीमा गलत गरे



 

सुर्खेत,

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले प्रचन्ड रुस्ट बनेका छन् । भारतमा मोदिसंग संविधान संशोधन गर्न सकिने भनी प्रतिबद्धता जनाएको प्रति सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुस्टी जनाएका हुन् ।

प्रचण्डले सुर्खेतको एक कार्यक्रममा भने ‘संविधानले देशका सम्पूर्ण शक्ति र समुदायको भावना समेट्नु पर्छ भन्नेमा हामी प्रस्टै छौँ । तर, भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । तसर्थ, तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरू कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’

माओवादी केन्द्र प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेतमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।