प्रचण्डलाई सिध्याउन यतिसम्म हुन्छ नेकपामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डलाई सिध्याउन यतिसम्म हुन्छ नेकपामा



काठमाडौं- पार्टी स्थायी कमिटी बैठक नजिकिँदै गर्दा नेकपा भित्रको विवाद पुनः बल्झिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक अर्कालाई खुलेरै बिरोध गर्न थालेपछी पार्टी झन संकटमा परेको कार्यकर्ताको गुनासो छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेका प्रचण्ड–माधव गुटलाई प्रधानमन्त्रीले सिधै भारतीयको ईसारामा चलेको आरोप लगाएपछी बढेको बिवाद अहिले ‘कि तँ छैनस्, कि म छैन’ भन्‍ने अवस्थामा आइपुगेको नेकपा नेताहरुले नै बताउन थालेका छन् ।

पार्टीका शीर्ष नेताबाटै प्रधानमन्त्रीको राजिनामा र सरकारको आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले आफ्ना समर्थकलाई प्रचण्ड–माधव गुटका विरुद्ध सडकमै गएर नारा-जुलुश गर्न लगाएको आरोप छ । यता प्रधानमन्त्रीका सल्लाहकारदेखि केहि मुख्यमन्त्री र केन्द्रीय नेताहरु नै फेसबुकमा प्रचण्ड बिरुद्ध लेख्न थालेपछी स्थिती झन् बिग्रेको एकाथरीको बुझाई छ ।

प्रचण्डलाई पार्टी अध्यक्ष नै होईन जस्तोगरी फेसबुकमा आलोचना गर्नेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, युवा संघका सहसंयोजक रमेश पौडेल, विद्यार्थी संगठनका अध्यक्ष ऐन महर मात्रै होईन मुख्यमन्त्री शंकर पोखरेल, नेता गोकुल बाँस्कोटा, महेश बस्नेतले पनि तिखो आलोचना गरेका छन् ।

पार्टी बैठक चलिरहँदा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता हुनु र प्रचण्डलाई बहुदलीय जनवाद नमान्‍ने हो भने पार्टी नै छाडेर गएपनि हुन्छ भन्‍नेसम्मको भाषा प्रयोग हुन थालेपछि नेकपाको भविष्‍य थप संकटमा परेको नेताहरु बताउँछन् ।

पार्टीकै कार्यक्रममा अध्यक्ष प्रचण्डले सिधै नयाँ एमाले पार्टी दर्तामा प्रधानमन्त्री ओलीको संलग्‍नता छ भनेर दिएको अभिव्यक्ति सुनेपछि ओली प्रचण्डसँग रुष्‍ट भएको र यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिएको नेकपावृत्तमा चर्चा छ ।

प्रधानमन्त्रीले पछिल्लो समय प्रचण्ड–माधवलाई भन्दा बढी महत्व काँग्रेस सभापति शेरबहादुर देउवालाई दिन थालेका छन् । पार्टीमा कुनै अनिष्‍ट भएमा काँग्रेससँग मिलेर पनि सरकार चलाउने ओलीको रणनीति भएको नेकपाका एक नेता बताउँछन् । ओलीले यसका लागि कानुनी विषय अध्ययनका लागि सुवास नेम्वाङको टोलीलाई जिम्मा दिएका छन् ।

ओलीलाई जुनसुकै अवस्थामा पनि साथ दिन्छौं भनेर रक्षामन्त्री ईश्वर पोख्रेल, महासचिव बिष्णु पौडेल, सुबास नेम्वाङ, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेता खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटा लागि परेका छन् ।