प्रचण्ड एकाएक सुकुटेमा: राजनीतिमा 'ट्वीस्ट र टर्न'को सङ्केत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड एकाएक सुकुटेमा: राजनीतिमा ‘ट्वीस्ट र टर्न’को सङ्केत



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक सुकुटे पुगेका छन् ।

एकाबिहानै नेकपा शिर्ष नेताहरूसंग बैठक बसेर चितवन पुगेका प्रचण्ड उतैबाट सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् ।

शुक्रवार बिहानको राजनीतिक भेटघाटपछि चितवन विमानस्थलमा पत्रकारहरू संग कुरा गरेका प्रचण्ड केहि राजनीतिक भेटघाट गरेर सुकुटे हान्निएको बताइएको छ ।

यसअघि पनि पटकपटक सुकुटे गैरहने गरेका प्रचण्डले महत्वपुर्ण निर्णय लिनु अगाडी त्यहाँ पुग्ने गरेका छन् ।

स्रोतका अनुसार शनिवार हुने सुकुटे महोत्सव उद्घाटन गर्न प्रचण्ड त्यहाँ पुगेको बताइएको छ तर, नेकपामा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले उनि दुई काम एक पन्थ गर्दैछन भन्ने पक्का छ ।

राजनीतिमा कुनै ‘ट्वीस्ट र टर्न’ आउनेबित्तिकै प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुग्ने गरेका छन् ।

एकाएक प्रचण्ड सुकुटे पुग्नुले नेकपाभित्र तरङ्ग नै फैलिएको छ ।