प्रचण्डको निर्देशन: आर्थिक समृद्धिको लागि युवाको व्रिगेड बनाउनुहोस् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको निर्देशन: आर्थिक समृद्धिको लागि युवाको व्रिगेड बनाउनुहोस्



 

भदौ २, काठमाडौँ ।

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्वीका लागि युवाहरूको ब्रिगेड बनाउन निर्देशन दिएका छन् । वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् ।

परिवर्तनको सम्वाहक युवाहरू नै भएको भन्दै प्रचण्डले वाईसीएललाई विकास र समृद्धिका लागि व्रिगेड बनाउन निर्देशन दिए । उनले भने, ‘युवाहरूको व्रिगेड बनाउनुस् तर, हिजोको जस्तो मेसिनगन चलाउने होइन, आर्थिक समृद्धिको लागि युवाहरूको फौज चाहिएको छ । युवाहरुबाट जस्तोसुकै विद्रोह गर्न सकिन्छ । आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

प्रचण्डले अरू राजनीतिक दलका युवाहरूलाई पनि आर्थिक समृद्धिको दिशामा अघि बढ्न अपिल गरे । पूर्व जनमुक्ति सेनाको पुनर्गठित रूप वाईसीएल भएको भन्दै प्रचण्डले पुरानो टिमलाई बिदाइ गर्दै नयाँ टिम बनाउनुपर्ने धारणा राखे ।

यसै क्रममा प्रचण्डले भने ‘बुढाहरुले ओगटेर नबस्नुस्, युवाहरूलाई ठाउँ छाड्दिनुस्,’