प्रचण्ड सबैभन्दा भ्रष्ट नेता :डा.भट्टराई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड सबैभन्दा भ्रष्ट नेता :डा.भट्टराई



हिमाल पोस्ट /नयाँ दिल्ली चैत्र ८

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रचण्ड सबैभन्दा  भ्रष्ट नेता भएको बताएका छन् । सोमाबार नयाँ दिल्लीको लक्ष्मीनगरमा अन्तराष्ट्रिय नेपाली विधार्थी संघले आयोजना गरेको कार्यक्रममा बताएका हुन् । टपर्स इन्सिच्यूटको हलमा राखिएको उक्त कार्यक्रममा भट्टराई प्रमुख अथितिको रुपमा रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विदेश विभाग प्रमुख नवराज सुबेदी, अतिथिमा डा प्रविन मिश्रा , हिसिला यमी ,कृष्ण राज गैरे ,माईकल क्षेत्री आदि रहेका थिए भने अन्य समाजसेवी ,पत्रकार ,बिद्यार्थी,बुद्दिजिबि,आदिको बाक्लो उपस्थिति रहेको थियो  ।

कार्यक्रममा बोल्दै भट्टराईले एनसेलको कर छली गराउनुमा नेताहरुको अहम भूमिका रहेको भन्दै खुल्लम खुला प्रचण्ड ,नेपाली कांग्रेसका सेरबहादुर देउवा र एमाले नेता केपी ओली जनाताको रगत चुस्न तल्लिन भएको बताएका थिए  ।उनले समृद्धिको मार्ग प्रशस्त गर्न नयाँ शक्ति  पुराना सोंच र विचार परिवर्तन गर्दै नयाँ केही गर्नुपर्छ भनेर  पार्टि मार्फत अगाडी आएको बताउदै आफुले पाउने कुरा पाइसकेको र देशको प्रधानमन्त्री बनिसकेको हुदाँ अब युवाहरुलाइ नेतृत्व दिन नयाँ शक्ति पार्टी स्थापना भएको बताए ।

नयाँ शक्ति जुनसुकै निर्वाचनको लागि तयार रहेको बताउँदै संयोजक भट्टराईले सबैलाई सहभागि गराएर चुनाव गर्नुपर्ने बताउनुभयो । नयाँ शक्ति पार्टीले हिमाल, पहाड, तराई र मधेशलाई जोडेर राष्ट्रिय एकता निर्माण गर्ने बताउँदै यहि चैत ९ गतेबाट हिमाल, पहाड, तराई, मधेश जोड्ने अभियान संचालन गर्न लागेको बताए  ।

मैले देखेको सपना हाम्रै पालामा नेपाललाइ एशियाकै पहिलो विकसित देश बनाउन सकिन्छ, भन्ने हो । देशका बिविध पक्षलाइ समेटेर काम गर्ने हो भने, भ्रष्टहरुलाइ तह लगाउने हो भने, नेपालको आर्थिक उन्नती छिटो हुन सक्ने उनले दावी गरे ।

सोहि कार्यक्रम बिभिन्न पार्टी परित्याग गरि करिब सय जना नयाँ शक्तिमा प्रवेश गरेका थिए ।

कार्यक्रम दिल्ली एन सी आर  संयुक्त राज्य समितिका संयोजक रमेश शर्मा लम्सालको  स्वागत मन्तब्य,अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष मोहन रावतको सभापतित्व र बिद्यार्थी संघका संयोजक बादल बस्नेतको संचलानमा सम्पन्न भएको थियो ।

दुई पत्रकार सम्मानित

पत्रकारीता क्षेत्रमा खासगरी सिए नेपाली विधार्थीहरुको विचमा विगत ५ बर्षदेखि उल्लेखनीय काम गरेका नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव समेत रहेका सिए सरोकार दिल्ली चिफ ब्यूरो ऋषिराम अधिकारी पत्रकार महासंघ भारतकै सहसचिव एवम्  हिमाल पोष्टका सम्पादक अर्जुन खनाललाई  उत्कृष्ट पत्रकारीता गरेको भन्दै   खादा र प्रमाण पत्रले सम्मानित गरिएको थियो  ।