प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू



काठमाडौं- सत्ता गठबन्धन आवद्ध दलहरूले प्रतिनिधि सभाका लागि सिट बाँडफाँट लगभग टुङ्गो लगाएका छन् । आजदेखि गठबन्धनका नेताहरू प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्।

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरूले बताएका छन्। प्रतिनिधि सभामा ९० प्रतिशत सहमति जुटेको नेताहरूले बताएका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो।

त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरु छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन्।