प्रदेश प्रमुखहरू हटाएर नयाँ नियुक्ति गर्ने सरकारको तयारी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रदेश प्रमुखहरू हटाएर नयाँ नियुक्ति गर्ने सरकारको तयारी



काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरू हटाउने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्नेगरी तयारी गरिएको छ ।

पहिले देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर केपी ओली सरकारले नयाँ प्रमुख नियुक्त गरेको थियो । तत्कालै तीन प्रदेश प्रमुख खारेज गरेर नयाँ नियुक्त गर्ने बताइएको छ ।

पहिलो चरणमा एमाले अध्यक्ष ओलीले नियुक्ति गरेका लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावद, प्रदेश २ का राजेश झा र गण्डकीका सीताकुमार पौडेललाई तत्काल हटाउने तयारी गरिएको हो । स्रोतका अनुसार उनीहरुलाई हटाएर नियुक्त गरिनेहरूको पनि नाम तयार भएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गर्न खोजेका छन् । तर सरकारले पूर्णता पाएपछि प्रदेश प्रमुह हटाउन सुझाव आएको छ । आगामी मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय लिने बताइएको छ ।

ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाउने नयाँ सरकार बनेलगत्तै तयारी भएको थियो ।