प्रधानमन्त्रीको गृहजिल्लामा ओली र प्रचण्ड पुग्दा यसरी उर्लियो जनसागर ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीको गृहजिल्लामा ओली र प्रचण्ड पुग्दा यसरी उर्लियो जनसागर !



डडेल्धुरा, ७ मंसिर ।

पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका छन् ।

ओली र प्रचण्ड विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउँदा सदरमुकाममा हजारौं नेता कार्यकर्ताको उपस्थिती देखिएको छ ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धनका उम्मेदवारका पक्षमा माहोल बनाउन आयोजित चुनावी सभालाई ओली र प्रचण्डले सम्बोधन गर्दैछन् ।

डडेल्धुरामा वाम गठबन्धनका तर्फबाट खगराज भट्ट उम्मेदवार छन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।

डडेल्धुरामा वाम गठबन्धनका तर्फबाट खगराज भट्ट उम्मेदवार छन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।