न्यापरिषद् बैठक बिनै प्रधानन्याधिसको नाम सिफारिस, (को-को भए सिफारिस ?) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

न्यापरिषद् बैठक बिनै प्रधानन्याधिसको नाम सिफारिस, (को-को भए सिफारिस ?)



काठमाडौ, २४ जेठ

प्रधानन्यायाधीश सुशीला कार्कीले बिदा हुनु एक दिनअघि न्यायपरिषद्को अध्यक्षको हैसियतमा भावी प्रधानन्यायाधीशको नाम सिफारिस गरेकी छिन् । कार्कीले सोमबार संवैधानिक परिषद्को अध्यक्षको नाममा सम्बोधन गर्दै भावी प्रधानन्यायाधीश सिफारिसको पत्र परिषद् सचिवालयमा दर्ता गराएको स्रोतले बतायो ।

न्यायपरिषद् बैठकको बहुमत सदस्यको निर्णयका आधारमा भावी प्रधानन्यायाधीशको नाम संवैधानिक परिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको सचिव नहकुल सुवेदीले जानकारी दिए । तर, प्रधानन्यायाधीश कार्कीले अवकाशको दुई दिनअघि आफूखुसी भावी उत्तराधिकारीको नाम सिफारिस गरेकी हुन् । उनी ६५ वर्षको उमेर हदका कारण अवकाश लिँदै छिन् । उनी सर्वोच्चबाट सहकर्मीसँग बिदा भएर मंगलबार बिहान ११ बजेर १५ मिनेटपछि बाहिरिएकी थिइन् ।

कार्कीले भावी प्रधानन्यायाधीसमा सिफारिस गरिएकामा सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश श्रेष्ठ, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीशप्रसाद शर्मा छन् । यी नामसहितको सिफारिसपत्र संवैधानिक परिषद्को सचिवालयमा दर्तासमेत भएको स्रोतले बतायो । प्रधानन्यायाधीश कार्कीले संवैधानिक परिषद्मा गरेको सिफारिसपत्र अवैधानिक भएको महान्यायाधिक्ता रमणकुमार श्रेष्ठले बताए । परिषद्को बैठक नै नबसी नाम सिफारिस गर्न नपाइने उनको भनाइ छ ।

भावी प्रधानन्यायाधीशको नाम कार्कीले अवकाश पाउनेभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्नेमा सर्वोच्चको न्यायाधीशहरूको तीनवर्षे समयावधि नपुगेकाले सिफारिस हुन सकेको थिएन । सिफारिसमा परेका ६ जना न्यायाधीश १४ जेठ ०७१ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रधानन्यायाधीशका लागि योग्य हुन संविधानको धारा १२९ को उपधारा ३ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ ।

कोको भए सिफारिस ?
न्यायपरिषद् बैठक नै नबसी अध्यक्षको हिसाबले प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश श्रेष्ठ, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीशप्रसाद शर्माको नाम सिफारिस गरेकी छिन् ।आजको नयाँ पत्रिकामा  खबर छ ।