प्रहरी जवानद्वारा प्रेमिकाको कोठामा झुण्डिएर आत्महत्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरी जवानद्वारा प्रेमिकाको कोठामा झुण्डिएर आत्महत्या



काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका छन् ।

शंकर युवतीसँग ‘लिभिङ टुगेदर’ मा थिए ।दार्चुला घर भएका प्रहरी जवान शंकरले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै प्रेमिकाको कोठामा आत्महत्या गरेका हुन् ।

स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए ।

विवाहित शंकरकी श्रीमती गाउँमै बस्दै आएकी थिइन् । घटनाबारे घरपरिवारमा समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए ।

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । बेला–बेला पनि अफिसबाट छुट्टी हुनेबित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे ।

झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।