प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलको अर्घाखाँचीबाट विदाई - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलको अर्घाखाँचीबाट विदाई



घनश्याम पौडेल /सन्धिखर्क, माघ
विगत १ वर्ष अगाडि अर्घाखाँची जिल्लामा आउनुभएका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलको अर्घाखाँचीबाट विदाई भएको छ ।
उद्योग वाणिज्य संघको आयोजनामा पौडेललाई विदाई गरिएको हो । पौडेलले अर्घाखाँची जिल्लामा उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार तथा जिल्लावासीलाई पु¥याउनुभएको योगदानको कदर गरिएको थियो । अर्घाखाँची जिल्लालाई सुन्दर र समृद्ध बनाउन अतुलनीय सहयोग पु¥याउनुभएको भन्दै उद्योग वाणिज्य संघले पौडेलको पंशशा गरेको थियो ।

विदाई कार्यक्रममा मन्तव्य राख्दै पौडेलले आफु अर्घाखाँची जिल्लामा रहुनजेल सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिदै आफु जहाँ भएपनी अर्घाखाँची जिल्लाको विकासका लागी साथ र समर्थन रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, उपाध्यक्ष युवराज श्रेष्ठ, महासचिव नेत्रप्रसाद भुसाल, सचिव प्रदिप मिश्र लगाएतको उपस्थित रहेको थियो ।