विप्लवपुत्र प्रकाशसहित सबै रिहा - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

विप्लवपुत्र प्रकाशसहित सबै रिहा



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका सबै रिहा भएका छन् ।

चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरिएको प्रहरीले जानेको छ ।

चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी मल्लले बताए ।

अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरु पक्राउ परेका थिए ।