प्रकाशमानले भने- म प्रधानमन्त्री भएपछि मात्रै देशको विकाश हुन्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रकाशमानले भने- म प्रधानमन्त्री भएपछि मात्रै देशको विकाश हुन्छ



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफै प्रधानमन्त्री बनेर देशको विकाश गर्न चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक विद्यालयको उद्घाटन एवं सम्मान समारोहलाई सम्बोधन गर्दै उनले आफै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका हुन् ।

नेता सिंहले देशको विकास गर्ने चाहना रहेको भन्दै आफू फस्ट म्यान बन्न चाहेको बताए । उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको बताए ।

नेता सिंहले आफूमा असल आचरण रहेको र लोभ नभएको बताउंदै यस्ता असल नियत र लोभ नभएका नेताहरु ठाउँमा पुग्नुपर्ने बताए । त्यतिमात्र होइन देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने उनले बताए ।

आफू प्रधानमन्त्री बनेपछि मात्रै देशको विकाश हुने जिकिर गर्दै देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे ।

उनले भने, “देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ । प्राध्यापक, विद्यार्थीहरूले ल्याएका नयाँ कुराहरूलाई हामीले राष्ट्रको हीत र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ, यस्ता विषयमा आवश्यक कानुन चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो । मलाई साथ दिए, मौका पाएँ भने तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु ।”

एमालेले बहुमत ल्याएर पनि काम गर्न नसकेको भन्दै नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी गरे ।