महाधिवेशनमा ३७१ मत ल्याएका सिंहलाई प्रधानमन्त्री बन्ने भोक जागेपछि... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महाधिवेशनमा ३७१ मत ल्याएका सिंहलाई प्रधानमन्त्री बन्ने भोक जागेपछि…



नेपाली काँग्रेसको महाधिवेशनमा कुल ४,६७९ मत खसेको थियो । काँग्रेसको नेतृत्व युवापुस्तामा लैजानुपर्ने माग राखेर देउवा क्याम्प छाडेका प्रकाशमान सिंहलाई ३७१ मतदाताले मात्र पत्याए ।

त्यसपछि दोस्रो चरणको मतदानमा उनी देउवालाई ३७१ मत बुझाएर मैदान छाडेर भागे । चुनावको सामान्य नियम के हुन्छ भने, कुल मतदानको १० प्रतिशत पनि हासिल गर्न नसके जमानत जफत हुन्छ ।

खसेको कुल मत ४,६७९ थियो यसको दस प्रतिशत कति हुन्छ आँफै हिसाब गरौँ ।

खसेको मतको १० प्रतिशत मत हुन्छ झन्डै ४६० । तर उनले त्यो पनि ल्याउन सकेनन् ।

नियतमा खोट नभएको, लोभलालच नभएको दाबी गर्ने प्रकाशमान जसले युवापुस्तामा नेतृत्व सार्ने झुटो आश्वासनमा देउवा क्याम्प छाडेका थिए । त्यसलगत्तै श्रीमती सिर्जना सिंहलाई देशकै ठुलो काठमाडौँ महानगरको मेयर बनाउने शर्तमा देउवालाई बोके ।
आज तिनै १० प्रतिशत नल्याउने श्रेष्ठलाई देशकै कार्यकारी पद प्रधानमन्त्रीको भोक लागेको छ ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले फेरी त्यहि क्षेत्रबाट जितेर प्रधानमन्त्री बन्ने संकेत गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सोही क्षेत्रबाट जितेर प्रधानमन्त्री बन्ने जनाएका थिए ।
‘मैले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने काम गरेको छु । तर, अनावश्यक प्रचार गरेर हिँडेको छैन । हुन त अहिले हाम्रो चुनावी परिणामहरू हेर्दा ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान सावित भएजस्तो लाग्छ ।’ शनिबार काठमाडौँको थापाथलीमा आयोजित भएको एक कार्यक्रममा उनले भनेका थिए ।

उनले आफ्नो श्रीमतीलाई काठमाडौँको मेयर बनाउने प्रयास असफल भएसंगै उनको राजनीतिक छविमा पनि अलिकति यताउता भएको छ । पत्नी सिर्जना सिंह सिंगो गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वारी दिएतापनि उनी धेरै मतले पछाडी परेकी थिइन् ।

उनले जितेको क्षेत्र नम्बर १ का जनता उनको कामप्रति सन्तुष्ट छैनन् । उनले विकाशका कामहरु गर्न नसकेको उनकै क्षेत्रका केही काँग्रेस नेताहरु बताउँछन् ।

सांसद नै जितिहाले पनि उनको प्रधानमन्त्री बन्ने सम्भावना एकदमै न्यून छ । काँग्रेसमा देउवाको एकलौटी झनै बढ्दै गएको छ । उनी फेरी प्रधानमन्त्री हुने दाउमा गठबन्धन गर्न लागेको कतिपय नेताहरुको दाबी रहेको छ ।

प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने प्रावधान रहेको छ । उनी दलको नेता बन्न सक्षम छैनन् भन्ने कुरा महाधिवेशनमा नै पुष्टि भइसकेको छ ।
पछिल्लो समय चुनावपछिको प्रधानमन्त्री देउवा पत्नी आरजुको चर्चा बढिरहेको छ । प्रधानमन्त्री बन्नकै लागि उनी भारत धाइरहेकी छन् ।