प्रमोद खरेलले चितवन पुगेर रविलाई के भने ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रमोद खरेलले चितवन पुगेर रविलाई के भने ?



काठमाडौँ –  चर्चित गायक प्रमोद खरेलले चितवन पुगेर प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट गरेका छन् । भेटमा लामिछानेले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको बताएका छन् ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले देशमा अझै न्याय नमरेको पूर्ण विश्वास आफूलाई रहेको बताएका छन् ।

उनले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको पनि बताएका छन् ।प्रमोद खरेलसँगको भेटमा रविले देशमा अझै न्याय नमरेको र आफू न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।

गायक खरेलले शनिबार बिहान आफूले रवि लामिछानेसँग भेट गरेको जानकारी फेसबुकमार्फत दिएका छन् ।