प्रारम्भिक आँकडामा एमाले पहिलो दल, कसको अवस्था कस्तो ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रारम्भिक आँकडामा एमाले पहिलो दल, कसको अवस्था कस्तो ?



सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म मतगणना सुरु भएका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमाले चारवटा क्षेत्रमा अगाडि देखिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस तीन, राष्ट्रिय स्वतन्त्र पार्टी दुई स्थानमा अगाडि देखिएका छन् । एमाले धनुषा ३, ललितपुर २, झापा २ र ललितपुर १ मा अगाडि देखिएको छ ।

कांग्रेस मुस्ताङ, धनुषा ४ र भक्तपुर ४ मा अगाडि देखिएको छ ।

त्यसैगरी, रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी कास्की २ र काठमाडौं ७ मा अगाडि देखिएको छ । लाेसपा सप्तरी २ मा अगाडि देखिएकाे छ ।