प्रिमियर लिगमा चेल्सीको संघर्ष ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रिमियर लिगमा चेल्सीको संघर्ष !



काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानका लागि कडा टक्कर देखिए पनि म्यान्चेस्टर युनाइटेड बलियो देखिएको छ ।

शनिबार रातिको खेलमा स्टोक सिटीसंग गोलरहित बराबरी खेलेपछि चेल्सी सुस्ताउँदा युनाइटेडलाई फाइदा भएको हो ।

त्यसैगरी पाँचौं स्थानको चेल्सीले स्वान्सी सिटीलाई १–० ले हराएको छ । सेस फेब्रिगासले चौथो मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

अन्य खेलमा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई ५–० ले हरायो , एभर्टनले हडर्सफिल्डलाई २–० ले हरायो । साउथह्याम्पटनले बर्नमाउथलाई २–१ ले हरायो ।

लिगमा ३४ खेलबाट ९० अंकसहित म्यान्चेस्टर सिटीले उपाधि जितिसकेको छ । म्यान्चेस्टर युनाइटेडको ७४ अंक छ । लिभरपुलको ३६ खेलबाट ७२ अंक छ । टोटनह्यामको ६८ अंक छ भने चेल्सीको ३५ खेलबाट ६६ अंक छ । आर्सनलको ५७ अंकमात्र छ ।

अहिलेसम्म रेलिगेशनमा पर्ने टिमको टुंगो लागेको छैन । साउथह्याम्पटन, स्टोक सिटी र वेष्टब्रोम रेलिगेशन क्षेत्रमा छन् ।