पूजा फिल्म्स र डिजिटल चौतारी मिडियाका कलाकारहरूद्वारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूजा फिल्म्स र डिजिटल चौतारी मिडियाका कलाकारहरूद्वारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग।



पोखरा। बाढी पहिरोले क्षति पुराएको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरूको समूहले देउसी-भैलोबाट रकम सङ्कलन गरी न्यानो कपडा वितरण गरेको छ ।

हालसम्म बस्ने बास, न्यानो कपडा र ओढने नभएको बेला पूजा फिल्म्स्, र डिजिटल चौतारी मिडिया प्रा.लिई.का निर्देशक साथै हाँस्य-टेलिसिरियल पुर्पुरोका निर्देशक कुशलभ के.सी. र सो कम्पनीका सह-निर्देशक शिशिर अधिकारी र सम्पूर्ण कलाकार टिमबाट एकलाख बराबरको न्यानो कपडा वितरण गरेको हो ।“कलाकारहरूले देउसी- भैलो गरेर बाढी पहिरो पीडितलाई सहयोग गर्ने भने पनि देउसी भैलो कार्यक्रम गर्दा धेरैजसो मान्छेले सहयोग नगरेको, आफ्नै टिमले पनि पारिश्रमिक माग्ने र बिचैमा छोड्ने गरेको” निर्देशक कुशलभ के.सी.ले बताउनुभयो ।

“साथीहरूको असहयोगकै कारण रात दिन खट्दा पनि भने जस्तो रकम न उठदा आफूले नै खटेर केही रकम उठाएको र उठेको रकममा आफुहरुबाट उठाएर जाडोको लागी पीडितहरुलाई सहयोग स्वरूप ज्याकेट, ब्ल्याङ्केट र विभिन्न प्रकारको कपडा बाँडेर आफूले चालेको अभियान सफल बनाएको कुरा सह-निर्देशक शिशिर अधिकारीले व्यक्त गर्नुभयो ।

यस पवित्र कार्यमा सुरुदेखि अन्त्य सम्म साथ दिने व्यक्तिहरू शिशिर अधिकारी, दीपक थापा, धनु मगर, लक्षुमण ढुङ्गाना, क्षेत्र बहादुर नेपाली, मीन पुन, अस्मिता थापा, सिर्जना भुजेल्, दिप्सन र अन्य सम्पूर्णलाई निर्देशक कुशलभ के.सी. र शिशिर अधिकारीले धन्यवाद व्यक्त गर्नुभएको छ ।