पूर्वराजा पश्चिमबंगाल जाँदै: यस्तो छ कार्यक्रम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्वराजा पश्चिमबंगाल जाँदै: यस्तो छ कार्यक्रम



काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आइतबार भारतको पश्चिमबंगाल जाँदै छन् ।

गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् ।

निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ ।

शाह दम्पत्तीले ती क्षेत्रमा रहेका धार्मिकस्थल दर्शन गर्नुका साथै नेपाली भाषी र पश्चिमबंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।