पूर्वराजा वीरेन्द्को ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने : ट्रस्ट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्वराजा वीरेन्द्को ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने : ट्रस्ट



हिमाल पोष्ट / २४ चैत, काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ ।
विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुषा, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी सुरु गर्न लागेको हो ।
कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले वैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको जानकारी दिए ।

उनले केही जिल्लामा पूर्वराजा वीरेन्द्र र उनको परिवारको नामको सम्पत्ति भेटिन थालेपछि अन्य जिल्लामा पनि खोजी सुरु भएको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।