पूर्ण परियारको ‘बुट्टे चोली’(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्ण परियारको ‘बुट्टे चोली’(भिडियो सहित)



हिमाल पोष्ट/काठमाण्डौ गायक पूर्ण परियार एक सरल अनि असल व्यक्ती हुन् । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन् ।बाबा जित बहादुर परियार र आमा अतिरुपा परियारको कोखबाट जन्मिएका परियार सानै देखि गीतसङ्गीतमा रुची राख्थे ।

कतै मादल बज्यो कि गएर गाइदिहाल्ने । उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउँदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन् । सामाजिक सेवामा पनि उत्तिकै तल्लिन यी गायक अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन् ।

यस्तै बुन्डोल लाईन्स क्लवको कोषाध्यक्ष समेत रहेका पूर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन् । सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पूर्णले यसअघि ‘ढाँटी ढाँटी’ (२०७१) बजारमा ल्याएका थिए । सोही गीतको सफलता स्वरुप अहिले पुनः अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले ‘बुट्टे चोली’ बजारमा पस्केका छन् । जस्को अडियो भिडियो सार्वजनिक भैसकेको छ ।