पूर्व पश्चिम राजमार्ग बन्द भएपछि हजारौँ यात्रु अलपत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्व पश्चिम राजमार्ग बन्द भएपछि हजारौँ यात्रु अलपत्र



 

साउन ३२, नवलपरासी ।

दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सडक बन्द गराएपछि हजारौँ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मङ्गलवार राति १० बजेदेखि बुधवार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो ।

साना सवारी साधन पास भएको भए पनि ठुला सवारी साधन पास हुन सकेका थिएनन्, त्यसैले सडक मर्मतका लागि बन्द गरिएको एक कर्मचारीले बताए ।