कतारमा नेपालीहरूको बेहाल: कोरोना जाँच्ने भन्दै जेल हालियो, पानी पनि पाएनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कतारमा नेपालीहरूको बेहाल: कोरोना जाँच्ने भन्दै जेल हालियो, पानी पनि पाएनन्



काठमाडौं – कतारमा रहेका नेपालीहरुलाई गैरकानुनी रुपमा कामबाट निकालिएको छ । कोरोना भाइरसको परीक्षणका लागि भन्दै नियन्त्रणमा लिएर दर्जनौं प्रवासी कामदारहरुलाई कामबाट निकालिएको हो ।

एम्नेस्टी इन्टरनेसनलले मार्चमा नेपालका २० जना कामदारहरुसँग अन्तर्वार्ता लिएको थियो । जसलाई कतार प्रहरीले पक्राउ गरेको थियो । पुलिसले कामदारहरुलाई कोरोना परीक्षणका लागि लगिएको बताए पनि त्यो झुटो साबित भएको छ । प्रहरीले कोरोना परीक्षणपछि कामदारहरुलाई पुनः क्वाटरमा फिर्ता ल्याउने बताएको थियो । तर, उनीहरुलाई थुनामा राखियो र नेपाल पठाइनु भन्दा पहिले भयावह स्थितिमा राखिएको एम्नेस्टीले उल्लेख गरेको छ ।

फाल्गुन २९ र ३० मा कतार प्रहरीले पक्राउ गरेका २० जना नेपाली श्रमिकहरूसँग एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएको थियो ।

‘हामीले कुरा गरेका कुनै पनि पुरुषले उनीहरूसँग यस्तो व्यवहार किन गरिएको भनेर कुनै स्पष्ट जवाफ पाएनन् । न त उनीहरू आफ्नो नजरबन्द वा निष्कासनबाट बाहिर निष्किन सफल भए अमानवीय नजरबन्द अवस्थाहरूमा दिन बिताएपछि धेरैलाई नेपालको विमानमा हाल्नु अघि उनीहरूले आफ्नो सरसम्पत्ति जम्मा गर्ने अवसर पनि पाएनन्,’ ग्लोबल इन्सुलेन्सका एम्नेस्टी इन्टरनेसनलका डिप्टी डायरेक्टर स्टीव ककबर्नले भने ।

‘यो कष्टदायी छ कि कतारी अधिकारीहरूले यस महामारीलाई स्मोक्स्क्रीनको रूपमा प्रवासी कामदारहरूको बिरूद्धमा दुरुपयोगको रूपमा प्रयोग गरेको देखिन्छ, जसमध्ये धेरैले उनीहरूलाई परिक्षण गरिएको भन्दै पुलिसले बहकाएको महसुस गर्दछन् । अधिकारीहरूले यी व्यक्तिहरूसँग गरिएको व्यवहारको लागि क्षतिपूर्ति दिनै पर्छ र उनीहरूलाई चाहिएको खण्डमा कतारमा फिर्ता पठाइनेहरूलाई अनुमति दिनेबारे विचार गर्नुपर्छ। पुरुषका रोजगारदाताहरूले तत्काल तलब र रोजगार सुविधाहरू तिर्नुपर्दछ,’ उनले भने ।

सहानुभूति देखाएर पक्राउ गरियो

मार्च १२ र १३ मा सयौं आप्रवासी कामदारहरूलाई डोहाका केही क्षेत्रहरूमा औद्योगिक क्षेत्र, बरवा शहर र लेबर सिटीबाट पक्राउ गरिएको थियो । तिनीहरू आवास भन्दा टाढाबाट पक्राउ परेका थिए । उनीहरु किराना सामान किन्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

कामदारहरुका अनुसार प्रहरीले कारोना परीक्षण गर्न जाने र परीक्षणपछि घरमै पुर्याइदिने भनेर सहानभूति देखाएर पक्राउ गरेको थियो ।

प्रहरीले अरेबिक भाषामा के-के भन्यो कामदारले बुझेनन् । बुझेको एक मात्र शब्द थियो कोरोना ।

एक जना व्यक्तिले एमनेस्टी इन्टरनेसनललाई भने, ‘हामीलाई भाइरसको परीक्षण गर्न रोक्न भनियो । पुलिसले हामीलाई डाक्टर आएर भाइरस जाँच गर्ने कुरा बताए । तर तिनीहरूले हामीलाई झूट बोले ।’

पक्राउ परेका कामदारहरूलाई बसमा हालियो र औद्योगिक क्षेत्रको एक थुनामा राखिएको थियो जहाँ उनीहरूका कागजातहरू र मोबाइल फोनहरू जफत गरिएको थियो । उनीहरूको फोटोहरू र औंठाछापहरू लिनु अघि कामदारहरूलाई अमानवीय अवस्थामा विभिन्न देशका अन्य व्यक्तिहरूको साथ पक्राउ गरिएको थियो । कामदारहरु ओछ्यान बिना नैभीडभाडमा सुते र पर्याप्त भोजन वा पानी पनि दिइएन ।

एक जना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘जेलमा अन्य मान्छेहरू नै थिए । हामीलाई दिनहुँ एउटा टुक्रा रोटी दिइन्थ्यो जुन पर्याप्त थिएन । सबै मानिसहरूलाई समूहमा खुवाइयो, खानेकुरा भुइँमा प्लास्टिकमा राखिएको थियो । भीडको कारणले कोही–कोहीले तान्न सकेनन ।’

एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका कामदारहरूले आफूलाई कामबाट निकालेको दाबी गरेका छन् । केहीलाई १५ र अन्यलाई अरूलाई १९ मार्चमा निष्कासन गरिएको हो ।

कसैलाई केही सामानहरू प्याक गर्न केहि मिनेट दिइयो, जबकि अरूलाई केही पनि संकलन गर्ने मौका नै दिइएन । एक जना कामदारले भने, ‘मलाई हथकडी लगाईएको थियो र मलाई अपराधी जस्तो व्यवहार गरियो । मलाई सामानहरू लिन मेरो शिविरमा लगियो, तर हातहरू साङ्लोले बाँधेपछि म कसरी सामान सङ्कलन गरेर प्याक गर्न सक्छु ?’

अधिकांश कामदारहरूले उनीहरूले जहाज चढ्नु अघि उनीहरूको तापक्रम हमद अन्तर्राष्ट्रिय विमानस्थलमा लिएका थिए । त्यसपछि उनीहरु काठमाडौं अवतरण गरेका थिए । प्रहरीले कामदारहरुलाई यो विषयमा बोले जेल हाल्ने धम्की दिएका थिए ।

कामदारको भुक्तानी बाँकी

पक्राउ गरिएका कामदारहरुको भुक्तानी बाँकी रहेको बताइएको छ । अन्तर्वार्ता लिएका २० जनामध्ये दुई जनाले उनीहरूले काम गरिरहेको कम्पनीले उनीहरूको तलब भुक्तानी गरिदिन सम्पर्क गरेका थिए ।

उनीहरुले आफू कार्यरत कम्पनीमा भुक्तानी माग गरेका थिए । एक कम्पनीले कामदारलाई बैंक खाता नभएको भन्दै फर्कायो । अधिकांश कामदारहरुले तलब नै नलिइ कतार छाडेको एम्नेष्टीले जनाएको छ ।

एक जना कामदारले भने, ‘काम गरेको कम्पनीले तलब नै दिएन । अब समस्या भएको छ । मेरा बच्चाहरूको लगाउने लुगा छैन, तिनीहरूलाई खुवाउन गाह्रो छ ।’

कतार सरकार के भन्छ ?

कतारी सरकारले कामदारहरुले काम गर्ने उद्योगमा छापा मारेको छ । उक्त औधोगिक क्षेत्रमा अवैध गतिविधि गरेकाले विदेश फर्काएको कतार सरकारले जनाएको छ ।

उक्त उद्योगमा प्रतिबन्धित तथा निषेधित पदार्थहरूको निर्माण र बिक्रीका साथै खतरनाक खाद्य सामग्रीको बिक्री हुने गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । जसले मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने बताइएको छ ।

यद्यपि, एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता गरेमध्येका १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगका बारेमा आफू जानकार नभएको बताएका थिए ।

दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य कामदारहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ।

‘न प्रहरी न अन्य कुनै अधिकारीले उनीहरूलाई यस्तो आरोपका बारेमा जानकारी गराएका थिए । यी श्रमिकले एम्नेस्टी इन्टरनेसनलसँग ती आरोपका बारेमा पूर्णतया इन्कार गरे,’ प्रतिवेदनमा भनिएको छ ।