रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने



काठमाडौँ- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने लागेको छैन ।

मिश्रनिकट एक नेताले इकान्तिपुरसँग भने, ‘मिश्रजी काठमाडौं क्षेत्र नम्बर १ बाटै उठ्नुहुन्छ । पार्टीबाट वा स्वतन्त्र रूपमा उठ्ने टुंगो लागेको छैन ।’ मिश्र यसअघि २०७४ सालको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै उठेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

यस पटक काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बमले आगामी चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग तालमेल हुन सक्ने बताएका छन् ।

मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए ।

संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन् ।