रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी काण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी काण्ड



हिमाल पोष्ट / १९ मंसिर, काठमाडौं ।  कर्णालीकै प्रसिद्ध चन्दनाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन् ।

घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मुर्ति चोरिएको उल्लेख छ । सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मुर्ति हराएको देखाएको छ ।

तर घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मुर्ति हराएको उल्लेख छ । यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका आजको नागरिक दैनिकमा समाचार छ ।

मुर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरक फरक विवरण उल्लेख भएपछि स्थानीय आश्चार्यमा परेका छन् ।