कांग्रेस र दुतावासको दवावले राजेन्द्र महतो मध्यरातमा फरार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेस र दुतावासको दवावले राजेन्द्र महतो मध्यरातमा फरार



काठमाडौं –

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो एकाएक मध्यरातमा काठमाडौं छाडेका छन् ।

विहिवार १० वजेको फ्लाइटबाट जनकपुर जाने तयारीमा रहेका उनि कांग्रेस र भारतीय दुतावासको एकोहोरो दवाव खेप्न नसकेर मध्येरातमै तराइ झरेको एक श्रोतले बतायो  । धनुषाको क्षेत्र नम्बर ३ को विषयले लगातार दवाव आउन थालेपछि तराइ झर्नुभयो एक नेताले बताए ।

उनी रातारात जनकपुर पुग्ने योजनामा छन् । स्रोतका अनुसार भोलि राजेन्द्र महतोलाई जनकपुर पुग्न नदिनका लागि षड्यन्त्र हुनसक्छ, त्यसैले उनी राती नै पुग्ने गरि जनकपुरका लागि हिडेका हुन् ।

भारतीय दुतावासले पहल गरेर बालुवाटारमा बसेको राजपा नेपाल र नेपाली कांग्रेसबीचको छलफल पनि निष्कर्ष बिहिन भएको बताइएको छ  ।