पुनर्निर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलको राजीनामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुनर्निर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलको राजीनामा



काठमाडौँ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार सरकार समक्ष राजीनामा पत्र बुझाएको बताए ।

पोखरेलको बुझाएको राजीनमा स्वीकृत हुने भएको छ। आजको मन्त्रिपरिषद बैठकले उनको राजीनामालाई स्वीकृत गर्न लागेको हो।

पोखरेल प्युठानमा कांग्रेसबाट चुनाव लड्ने तयारीमा छन् । उनको राजीनामा पछि सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी समेत गरेको स्रोतले बतायो ।