राजनैतिक चेतनाको अभावमा समाज बदलिन सक्दैन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राजनैतिक चेतनाको अभावमा समाज बदलिन सक्दैन



समीर प्रकाश पाण्डे

आधुनिक युग प्रतिनिधिमूलक शासन व्यवस्थाको युग हो। जनताले सोझै संलग्न हुन सम्भव नभएपछी आफ्ना प्रतिनिधिहरू मार्फत शासनमा सहभागी हुने प्रचलन रहेको छ। समय समयमा हुने निर्वाचनको माध्यमबाट जनताले शासन सञ्चालनको लागी आफ्नो प्रतिनिधि छान्छन् र शासनको दायित्व बहन गर्छन्। निर्वाचननै आधुनिक युगमा प्रजातन्त्रको सार हो।

आधुनिक युगमा राज्यका प्रत्यक वयस्क नागरिकलाई जात, धर्म, वंश, लिङ्ग, वर्ण इत्यादिको भेदभाव बिना मताधिकार प्रदान गरिन्छ। अल्प बयस्क, मगज बिग्रेको, कठोर अपराधी, इत्यादि बाहेका सबै बयस्क नागरिकलाई भोट हाल्ने अधिकार प्रदान गरिन्छ। शासन यन्त्रको सञ्चालक छान्ने काममा सबैले समान अवसर पाउनु, जुन कुराले सबैलाई प्रभावित पार्छ त्यो सबैको निर्णयबाट हुनुपर्छ भन्ने धारणा अन्तरगत समानताको अधिकार, स्वअधिकारको रक्षा, जन स्वाभिमानको कदर, राजनैतिक परीक्षण, देशप्रेमको भावनामा वृद्धि, जन सम्प्रभुताको पुष्टि साथै जनताको विशेष हितको संरक्षण जस्ता आधारमा बालिक मताधिकारको व्यवस्था गरिएको हुन्छ।

नेपाल जस्ता गरिब र अल्पविकशित राष्ट्रहरूमा यी कुराहरूले खासै महत्त्व राखेको पाईदैन। जनताको दैनन्दिन गुजारा गर्न आवश्यक आधारभूत आवास्यकता समेत पुरा नहुने अवस्थामा उनीहरूबाट राम्रो नतिजा साथै निर्णयको अपेक्षा गर्न सकिँदैन। जनताको लोकप्रिय अनि असली प्रतिनिधि हुदाहँदै पनि वाक्पटु र छट्टु उमेद्वारले जनताको भावनालाई क्षणिक रूपमा भट्काएर आफ्नो दुनो सोझ्याउने डर रहिरहन्छ। गरिब, अशिक्षित, अल्पसंख्यक, दलित, पिछडा, सिमान्तकृत आदिको भावना सँग खेलि उत्थानको खोक्रा नारा दिएर लोभ, लालच र प्रलोभनमा आफ्नो पक्षमा नतिजा निकाल्ने तर उनीहरूको उत्थानको सट्टा झन् झन् दरिद्रता तिर धकेल्ने कुरालाई नकार्न सकिन्न।जातिगत राजनीतिले कहिले पनि उत्थान हुँदैन यसले समाजकै प्रतिष्ठामा आच आउने साथै दरिद्रतातिर धकेल्न सक्छ। कुनै जाती या समूह विशेषलाई आफ्नो भोट बैङ्क बनाएर उनीहरूलाई अनेकन आश्वासनको प्रलोभन देखाई राजनीति गर्ने परिपाटीले उनीहरूको महत्वलाई अवमुल्यन गराउदै गएको छ।आजको २१औ शताव्दीमा संसार सँग प्रतिस्पर्धा हुने समयमा आफूलाई तुच्छ कुरामा अल्मल्याएर कसैको बलिको बोका बन्नु पक्कै पनि राम्रो हैन।

जब सम्म समाजका हरेक तह र तप्का संम्म जनताका आधारभूत आवश्कताहरू, गास, बास, कपास साथै शिक्षा, स्वास्थ्य, रोजगार पुग्दैन चाहे कुनै पनि तन्त्र आएपनि एक रातमै परिणाम बदलिने सिलसिला रोकिन सक्दैन। धनको लोभमा परेर निर्धनद्नारा आफ्नो मतको दुरुपयोग गर्ने ठुलो खतारा हुन्छ। अशिक्षा र अनभिज्ञताले अराजकता फैलाउने खतरा रहन्छ। राजनैतिक चेतनाको अभाव र राम्रो राजनैतिक संस्कार विना कहिले पनि समाज बदलिन सक्दैन। यसबाट समाजले चाहेजस्तो परिवर्तन र विकास प्राप्त गर्न सक्दैन। भ्रष्टचार, घुसखोरी, सामाजिक अपचलन, अनुशासन हिनता जस्ता गतिविधिहरू बढ्न थाल्छन्। तेसैले आफ्नो प्रतिनिधि छान्दा उसको गुण र दोषको पूर्ण मूल्याङ्कन गर्नु जरुरी छ। आफूले बुझेको कुरो अर्कालाई बुझाउने र बुज्ने कार्यले समेत परिवर्तन सम्भव छ।

कसैको उक्साहट या लहलहैमा जन प्रतिनिधिको छनौट गर्नु भनेको समाजलाई अन्धकारमा धकेल्नु जस्तै हो। भावनामा बगेर र लोभ लालचमा पुरै समाजलाई बन्दी बनाउनु कदापि राम्रो हैन। चेतनशिल प्राणीले आफ्नो चेतनाको सत प्रतिशत प्रयोग गरी समाजको हरेक तह र तप्कालाई सुन्दर भविस्यकको बाटोमा डोर्याउनु हरेक नागरिकको कर्तव्य हो। पुरातनबादी संकृण सोंचबाट बाहिर निस्केर नाताबाद, कृपाबाद को पछाडि नलागी आधुनिक सोंच र विश्वासको यात्रामा देश र समाजलाई अगाडी बढाउनु अत्यावस्यक छ। हैन भने देश कहिले पनि आजको अवस्थाबाट बाहिर निस्कन सक्ने छैन।