प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राप्रपा अध्यक्ष राणाको चासो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राप्रपा अध्यक्ष राणाको चासो



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

राणाले विश्वव्यापी प्रचलन अनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक गर्न माग गरेका हुन् । उनले प्रधानमन्त्रीका नजिकका व्यक्तिहरू संक्रमित भएको अवस्थामा प्रधानमन्त्रीको अवस्था सार्वजनिक चासोको विषय भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय भएको जनाउँदै आइसोलनमा बस्नु पर्ने, नपर्नेबारे सरकारले औपचारिक जानकारी गराउन उपयुक्त हुने बताएका छन् ।

प्रधानमन्त्रीका निकट सहयोगी, सल्लाहकार तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनको अवस्थाबारे आम चासो बढेको छ । सरकार प्रमुखको स्वास्थ्य अवस्था सुुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको राणाले ट्विटरमार्फत उल्लेख छ ।

उनले ट्विटरमा लेखेका छन्,‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ ।’