"रंगिन-साँझ"मा ज्योति मगर, पुष्कल र स्मृति जापान आउँदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

“रंगिन-साँझ”मा ज्योति मगर, पुष्कल र स्मृति जापान आउँदै



समीर प्रकाश पाण्डे 

जापानीजहरुले मनाउने चाड ‘Golden Week’ को अवसरमा टोकियोमा हुने रंगिन-साँझमा गायिका तथा मोडल ज्योति मगर, लोक-गायक तथा मोडल पुष्कल शर्मा, नृत्याङ्गना तथा म्युजिक भिडियो निर्देशक स्मृति तिमील्सिना ‘गुरुआमा’ जापान आउने भएका छन् । रंगिन संसारले  आयोजना गरेको कार्यक्रममई ४  बिहीबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेभएको छ ।

जापानबाट सन्चालित रंगिन संसारको उक्त समयमा औपचारिक उद्घाटन गरिने आयोजकले बताएका छन् । जापानमा सक्रीय रुपमा जापानबाट पत्रकारिता गरेका एकजनालाई ५० हजार जापनिज यन बराबरको ‘रङ्गिन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । उक्त समयमा अन्य कार्यक्रमहरू भए पनि ज्योति मगर आउने भनेपछी छुट्टै चर्चा चलेको छ ।

जापानका अन्य ठाउहरु फुकुओका, नागोया र गुन्माबाट पनि कार्यक्रमको निम्ति माग भएको आयोजकले बताएका छन्  । कार्यक्रम दिनको ३ बजेबाट मेगुरो स्टेसननजिक रहेको मेगुरो कुमिन सेन्टर हलमा हुने भएको छ । निर्देशक स्मृति तिमील्सिनाले जापानमा रहेर कलाकारितामा सक्रिय रहेका सङ्गितकर्मिहरुसङ्ग मिलेर १ दर्जन जति भिडियो छायाङ्कन गर्ने जानकारी गराउनुभएको छ ।