अन्तत: फुट्ने भो राप्रपा त्यो पनि १५ सांसदसहित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अन्तत: फुट्ने भो राप्रपा त्यो पनि १५ सांसदसहित



काठमाडौं,साउन ९  ।

पूर्व पञ्चहरुको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । सदाबहार झगडिया पार्टीको छवि बनाएको यी राप्रपाभित्र केही समयदेखि भुसको आगो झैं सल्किएको विवादले अब भने अलिभिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।

साँघु साप्ताहिकमा खबर छ– पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठक बहिष्कार गरिरहेका बेला एउटा समूह कमल थापासँग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ । रामकुमार सुब्बा नेतृत्वको समूह राप्रपाबाट अलग हुनुपर्ने निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार यो समूह कुनैपनि बेला कमल थापाको पार्टीबाट बाहिरिने खतरा बढेको छ ।

कमल थापाले पार्टी एकीकृत गर्न रामकुमार सुब्बालाई रोक्न अनेक प्रयास गरिरहेका छन् । विश्वस्त स्रोतका अनुसार, थापाले मन्त्री बनाउनेलगायतका आश्वासन विद्रोहको तयारीमा रहेका सांसदलाई दिइरहेका छन् । तर, सुब्बा र उनको समूहका नेताहरुले थापाको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । थापाको कार्यशैली नै गलत भएकाले पार्टीमा बस्न नसकिने जवाफ उक्त समूहले दिएको छ ।

राप्रपामा यतिबेला ३७ सांसद छन् । ३७ सांसदमध्ये झन्डै १५ सांसद रामकुमार सुब्बाको समूहमा खुलेको स्रोतको दाबी छ । स्रोतका अनुसार सुब्बा समूहमा विराज विष्ट, बबिना लावती , विकास लुइटे, रमेश तमाङलगायत सांसद खुलेर लागेका छन् ।