राप्रपा फुटाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राप्रपा फुटाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा



काठमाडौं ,साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पाटीृलाई फुटाएर सत्तामा ल्याउने गुप्त चलखेल गरिरहेका छन् । उनले राप्रपालाई सरकारमा ल्याउन उद्योग, वन, शान्ति तथा पुननिर्माण र विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्ति गरेका छैनन् । राप्रपालाई ल्याउन नसके साना दलबाट मन्त्री बनाउने तयारीमा उनी छन् ।

दृष्टि साप्ताहिकमा खबर छ– देउवाको नेतृत्वमा सरकारमा जानकालागिपशुपतिशमशेर राणाले ५० प्रतिशतभन्दा बढी राप्रपा सांसदलाई सहमत गराइसकेका थिए । तर, पछिल्लो पटक निर्वाचन ऐनमा सांसदमात्र होइन, केन्द्रीय सदस्य समेत ४० प्रतिशत पु¥याएपछि मात्र पार्टी विभाजित हुनसक्ने प्रवाधानल राप्रपा विभाजन हुनबाट जोगिएको छ ।

यदि सांसदमात्र ४० प्रतिशत भए पुग्ने थियो भने दोस्रो पटकको सरकार विस्तरमै पशुपतिशमशेरले राप्रपा फुटाएर सरकारमा मन्त्री पठाइसक्ने थिए । राप्रपाका एक नेताका अनुसार केन्द्रीय सदस्यहरुलाई पनि प्रलोभन दिएर ४० प्रतिशत पु¥याउने राणाको खेल थियो । तर, दीपक बोहराले राणाको चलखेलको सूचना कमल थापालाई दिएपछि उनले रातारात ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेर पार्टी विभाजनको खेल निस्तेज पारेका छन् ।