घरमै गएर राप्रपा उमेद्वारको गाडीमा आगजनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घरमै गएर राप्रपा उमेद्वारको गाडीमा आगजनी



वैशाख २६ नवलपरासी ।
चुनावी प्रचारप्रसार प्रयोग गरिएको राप्रपा उमेद्वारको गाडीमा आगजनी गरिएको छ । मंगलबार बिहान नवलपरासीको कावासोतीमा कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेको बा १३ च ७१५० टाटा सुमो अज्ञात समुहले आगजनी गरेको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आगजनी भएको गाडी शंकर ढकालको भएको र चुनावभर राप्रपा उमेद्वार लालप्रसाद बरालले चुनावी प्रचारप्रसार प्रयोग गर्नका लागि लिएका थिए । घरमा रोकी राखिएको गाडीमा आगजनी भएको भएपनि आगजनी गर्नेको पहिचान हुन नसकेकाले खोजी भईरहेको छ ।