राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा « Himal Post | Online News Revolution
Logo

राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा



हिमाल पोष्ट / ८ पुस, काठमाडौं । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको वताइएको छ ।

परिचयपत्रमा नेपाल सरकारको लागो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अंकीत हुनेछ । परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौता भइसकेको छ । र आगामी साउनदेखि नै सिंहदरवारबाट परिचयपत्र वितरण सुरु हुने केन्द्रका निर्देशक दिनेश भट्टराईले जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।