राष्ट्रिय जनमोर्चा पार्टी पनि बाम एकतामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रिय जनमोर्चा पार्टी पनि बाम एकतामा



काठमाडौ/असोज २१  ।

नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताउनु भयो । उहाँले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिनुभयो ।

बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।